२०८१ मंसिर ८, शनिबार
आईओसीले फेब्रुुअरी १६ मा पठाएको नयाँ मूूल्यसूचीअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूूल्य घटेर आएको हो । नयाँ मूूल्यअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपियाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर छ रुपियाँ ४० पैसा र हवाई इन्धनमा प्रतिलिटर तीन रुपियाँ ८८ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।
यसअघि माघ २३ गते मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल र डिजेलको मूूल्य प्रतिलिटरमा तीन÷तीन रुपियाँ मूल्य बढाएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ । सोहीअनुसार आईओसीले नयाँ मूल्य निगमलाई पठाएको हो ।
भारतबाट इन्धनको मूल्य घटेर आए पनि निगम स्थानीय बजारमा भने मूल्य यथावत् राखिने निगमले जनाएको छ । आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा मूूल्य पठाउने गर्छ । तेल खरिद गरेबापत आईओसीलाई ११ अर्ब रुपियाँ भुक्तानी गर्न बाँकी रहेको र नेपाल सरकारको सात अर्ब ऋण अझै बाँकी रहेकाले पनि तत्काल मूल्य घटाउन नसकिएको निगम भनाइ छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे