२०८१ मंसिर ८, शनिबार
विगत दुई सातायता कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपासहितका दलहरू राष्ट्रपति पदका लागि एमालेइतरको व्यक्तिको खोजीमा थिए । त्यसअघि नै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोजी भइरहेको बताउँदै आइरहेका थिए ।
तर, बिहीबार र शुक्रबार बिहानबाटै भइरहेका संवादबाट माओवादी केन्द्र राष्ट्रपति पद कांग्रेसलाई दिन तयार भएपछि एमाले–माओवादीसहितका दलको गठबन्धन भत्किएको हो । शुक्रबार बिहान १० पुसअघिको पुरानै गठबन्धन ब्युँताएर कांग्रेसलाई राष्ट्रपति दिन त्यसबखत गठबन्धनमा सामेल दल सहमत भएका हुन् ।
यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीचमा शुक्रबार दिउँसो नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । सो भेटका क्रममासमेत प्रचण्डले राष्ट्रपतिमा सहमतिको अडान लिएपछि एमाले अध्यक्ष ओली निराश हुँदै बालुवाटारबाट बाहिरिएका थिए । त्यसपछि पुनः १० पुसअघिको कांग्रेस नेतृत्वको गठबन्धनको बैठक बालुवाटारमा नै बसेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे