२०८१ कार्तिक २१, बुधबार
नौलो खाद्य उद्योग भरतपुर १० चितवनद्धारा उत्पादन गरिएको आफ्नो ब्राण्ड “मनाङ” चामलको प्रचारप्रसार गर्न बनाएको बिज्ञापनमूलक भिडियोले सबैको ध्यान खिच्न सफल भएको हो। भिडियो धेरै लामो नभएपनि भिडियोको कथाबस्तु र फरकशैलीको बिज्ञापनका कारण यति बेला मनाङ चामलसँगसँगै भिडियो पनि चर्चामा छ ।
भिडियोमा एउटा कारमा बुबा र छोरी जान्छन् । सानो छाप्रो नजिकै एकजना युवक उभिएर दुवै जनालाई स्वागत गर्न बसेका हुन्छन्। घर, कोठाको सजावट र युवकको गेटअप देख्दा गरिक परिवारका हुन भन्ने भान हुन्छ। सरर् आएको कार युवकको घर अगाडि टक्क रोकिन्छ। र कारमा आएका दुबैजनाले युवकलाई हेरेपछि बुबा घरभित्र प्रवेश गरेको देख्न पाइन्छ। घरको सबै भित्तामा क्रमश हेर्दै बुवाले अलिक आक्रोशित जस्तो हाउभाउमा केटाकेटीका तस्बिर र आफ्नो समेत तस्बिर हेर्न पुग्छन्। हेर्दैजाँदा चुल्होमा बसालिएको प्रेसर कुकरमा सिठ्ठी लाग्छ्। त्यस्को बास्ना बाबुले थाहा पाएपछि मनाङ्ग चामल भन्दै हर्षित मुद्रामा युवक तर्फ हेर्छन्। त्यस लगत्तै युवकले म त सधैँ मनाङ चामलमात्रै खान्छु अंकल भन्दै जवाफ फर्काउँछन्। उक्त बोलि सुनेपछि बुवा खुशी हुँदै अंकल होइन, अब बाबा भन्नुस् ज्वाइँ साप भनेपछि नजिकै उभिएका प्रेमी–प्रेमिका मख्ख हुन्छन् र दुबैले एक अर्कालाई औँठी लगाइदिन्छन् । युवतीका बुबाले दुवै जनालाई आशीर्वाद दिन्छन् । बास्तवमा यस भिडियोमा नौलो खाद्य उद्योग द्धारा उत्पादित मनाङ चामलको ब्राण्डलाई प्रचार गर्न भिडियो विज्ञापन बनाईएको थियो । चामलको यो भिडियोको बिज्ञापन भन्दा बढि यसको कन्सेप्ट चर्चामा रह्यो। जसले गर्दा सामाजिक सञ्जालहरू फेसबुक, युट्युब तथा टिकटकमा यतिवेला विज्ञापनले सबैको ध्यान तानेको छ। जसको सित्रै फाइदा मनाङ चामललाई पनि भएको अवस्था छ। अहिले बजारमा मनाङ चामल खोज्ने ग्राहकहरूको भिड बढेको रन्जन अग्रवाल बताउनुहुन्छ।
भिडियो चितवनमा बनाइएको हो । यो भिडियो आर्यन प्रोडक्सनले निर्माण गरेको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे