२०८१ मंसिर ८, शनिबार
नेम्वाङको उम्मेदवारी दर्ता गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव टोपबहादुर रायमाझी, सचिवहरू योगेश भट्टराई, छविलाल विश्वकर्मा र रघुवीर महासेठ, सांसदहरू जुली महतो, महेश बर्तौलालगायतको संसद् भवनमा उपस्थिति थियो।
उम्मेदवारी दर्तापछि एमाले अध्यक्ष ओलीले स्वार्थ र दाउपेचको उम्मेदवार नभएको बताए। पुस १० गते नै बनेको सहमतिअनुसार एमालेले उम्मेदवारी दर्ता गराएको उनको भनाइ थियो। ‘कुनै पनि चिजको एक सर्कल नै पूरा नगरी सहमति यताउता हुने कुरा छैन। सहमति उल्लंघन गर्ने कुरा हुँदैन। आफूले बोलेका प्रतिबद्धताहरू पूरा गर्नुपर्ने हुन्छ। त्यसकारण पनि एमालेले उम्मेदवारी दिएको हो,’ उनले भने।
आठ दलीय गठबन्धनबारे जानकारी आफूहरूलाई नभएको पनि अध्यक्ष ओलीले बताए। ‘केही दलका साथीहरूलाई बालुवाटारमा बोलाइएको रहेछ, उहाँहरू हाम्रो सम्पर्कमै हुनुहुन्छ। केही साथीको साथ रहेकै छ। पुस १० मा जे सहमति भएको छ, त्यसबाहेक अरू हामीलाई थाहा छैन,’ उनले भने। राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गरेपछि सुवास नेम्वाङले आफूलाई अत्यन्तै खुसी लागेको बताए। ‘उम्मेदवारी दर्तालाई लिएर म खुसी छु। पार्टीले मलाई अघि सारेको छ। सबैका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी दिएको छु। संविधानले दिएको जिम्मेवारी पूरा गर्नेछु। जनता र राष्ट्रलाई सर्वोपरि राख्नेछु,’ संसद् भवनबाहिर सञ्चारकर्मीसँग नेम्वाङले भने। राष्ट्रपतिमा निर्वाचित भए संविधानले दिएको जिम्मेवारी पूरा गर्ने उनले बताए। यसैबीच एमाले बैठकले तत्कालै सरकारबाट नबाहिरिने र पुस १० को सहमतिलाई पर्खिने निर्णय गरेको छ। पुस १० को सहमति कायम राख्ने र त्यसपछि मात्रै के गर्ने भन्ने निर्णय गर्ने पनि एमाले प्रचार विभाग प्रमुख सुब्बाले जानकारी दिए। बैठकले एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निस्कासन गरेको पनि उनले बताए।नागरिक दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे