२०८१ कार्तिक १७, शनिबार
नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत तनहुँले उनलाई सफाइ दिएकोमा जिल्ला अदालत नवलपुरले गत २१ भदौमा बालयौन दुरुपयोग आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो । सो सम्बन्धमा नवलपुरको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय र पल शाह दुवै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।
‘सुरु नवलपुर जिल्ला अदालतको सो फसला उल्टी भई पुनरावेदक प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ,’ उच्चको आइतबारको फैसलामा भनिएको छ, ‘शाहलाई अभियोग दाबीबमोजिम जबर्जस्ती करणीको कसुरमा कसुरदार ठहर गरी पाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।’
तसर्थ निजलाई अन्य मुद्दाको रोहबाट थुना वा कैदमा राख्नु नपर्ने भएपछि उनी ठीक एक वर्षपछि जेलजीवनबाट रिहा हुन लागेका हुन् ।
एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपुर र जिल्ला अदालत तनहुँमा गत वर्षदेखि मुद्दा चलेको थियो ।
पलको तर्फबाट आइतबार वरिष्ठ अधिवक्ताहरू कमलामोहन वाग्ले, कृष्णबहादुर थापा, अधिवक्ताहरू गणेशप्रसाद अधिकारी, जनकराज ढुंगाना र माधव घिमिरेले बहस गरेका थिए भने सरकारी वकिल उच्च न्यायाधिवक्ता रामप्रसाद अधिकारीले बहस गरेका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे