२०८२ बैशाख ६, शनिबार
आज देशभरका मगर समुदायले आफ्नो स्थापना दिवस मनाउँदैछन् । दिवसका अवसरमा सबै जिल्ला र पालिकासहित विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाहरुले समेत विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घले जनाएको छ ।
विभिन्न कारणले लोपोन्मुख रुपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगरभाषा, तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने सङ्घले विश्वास लिएको छ।
दिवसको अवसरमा मगर समुदायको बाहुल्यता रहेका पालिकाहरुमा आज सार्वजनिक बिदा दिइएको छ। बाग्लुङको निसीखोला गाउँपालिकाको आज बिदा दिएको छ । यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वका आठवटै पालिकाले नेपाल मगर सङ्घको ४१औँ स्थापना दिवसमा सार्वजनिक बिदा दिएका छन् । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे