२०८२ बैशाख ७, आईतबार
रामेछाप घर भई भक्तपुरको ब्यासी बस्ने २८ वर्षीय नविन मानन्धरलाई पक्राउ गरेको एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए। उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं उपत्यकामा केही व्यक्तिले लिखत कीर्ते गरी विभिन्न वर्गका नक्कली सवारी लाइसेन्स बनाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।
उक्त सूचनाको आधारमा खटिएको कार्यालयको टोलीले मानन्धरलाई पक्राउ गरेको हो। उनीबाट ‘ए, बि’ वर्गको लाइसेन्सलाई ‘ए, बि, एफ र जी’ वर्गको बनाएको नक्कली लाइसेन्स बरामद भएको छ। उनीमाथि लिखत सम्बन्धी कसुरमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे