२०८१ मंसिर ७, शुक्रबार
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा आज फागुन २१ देखि चैत १ गतेसम्म गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा महोत्सव आयोजना हुन लागेको हो ।
महोत्सवको आज दिउसो १२ बजे यस क्षेत्रका संघीय सांसद प्रा.डा. शशांक कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवको सहसंयोजक एवं जिल्ला उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचनले जानकारी दिनुभयो।
‘आर्थिक विकासको मूल आधार: कृषि पर्यटन उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको महोत्सव अवधिभर नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा २० वा २० जनाभन्दा बढीको संख्यामा नवलपुरमा रहेका जुनसुकै सामुदायिक होमस्टेमा आउने व्यवसायिक संघ संस्था, आमा समूह, महिला उद्यमी टोल विकास संस्थाहरुलाई १० हजार रुपैयाँ यातायात खर्चसहित होमस्टेमा सहुलियतपूर्ण बासको व्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले बताउनुभयो।
समूहमा आउने पर्यटकबाट आवाससहित प्रतिव्यक्ति सादा खाना रु. ७०० तथा मांशाहारी खाना रु. ७५० सहितको प्याकेजको व्यवस्था गरिएको कोइरालाको भनाइ छ ।
थप समाचार:
गैँडाकोटमा फागुन २१ गतेदेखि गण्डकी प्रदेश स्तरीय व्यापार महोत्सव हुने
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे