२०८२ बैशाख ६, शनिबार
बिहीबार साँझ स्टेज उक्लिएका कुलेन्द्रले सालको पातको टपरी हुनी, जलजला, रुमाल हल्लाइ हल्लाइ, डाँडै फुर्के सल्लोलगायतका गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए । त्यस्तै कार्यक्रममा कलाकारहरु कला लम्साल, दुर्गा सापकोटालगायतले पनि आफ्नो प्रस्तुती राखेका थिए ।
शुक्रबार महोत्सवको सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनीसहितका कलाकारहरुले प्रस्तुती राख्ने छन् । शुक्रबार पंगेनीसहित सुशीला गौतम, आरुसी मगरलगायतका कलाकारको प्रस्तुती रहने लम्सालले बताए ।
महोत्सवको पाँचौं दिनसम्म आइपुग्दा महोत्सवमा दर्शकहरुको उपस्थिति उल्लेखनीय रहेको महोत्सवको आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले बताए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे