२०८१ मंसिर ८, शनिबार
भरतपुर महानगरपालिका वडा नं. २६ मा अवस्थित आर्दश माध्यामिक विद्यालयका कक्षा १२ का विद्यार्थीहरुको विदाई समारोहमा इमेजले मायाँको चिनो स्वरुप डायरी र कलम उपलव्ध गराएको हो ।
विद्यालयका प्रधानाध्यापक मित्रबन्धु चापाँगाइको अध्यक्षता तथा इमेज इन्स्टिच्यूट प्रवन्ध निर्देशक मोहन बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इमेजका निर्देशक सुजिना बुढाथोकी, म्यानेजर कपिल बुढाथोकी, इमेजका चनौली शाखा प्रमुख केशव सापकोटा र इमेज परिवारका सदस्य रविना महतो अतिथिको रुपमा रहनुभएको थियो ।
विदाई समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवंम् समाजसेवी इमेज इन्स्टिच्यूटका प्रवन्ध निर्देशक मोहन बुढाथोकीले आगामी बैशाखमा हुने परिक्षाको राम्रो तयारी गर्दै सफल हुन कक्षा १२ का विद्यार्थीहरुलाई शुभकामना दिनुभयो ।
विगतका दिनहरुमा जस्तै इमेजले समाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै सरकारी विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरेको उहाँले बताउनुभयो । इमेजले यस अघि आर्दश माध्यामिक विद्यालयका एकसयबढी विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको थियो ।
विगत १८ वर्षदेखि निरन्तर सञ्चालित चितवनको पुरानो तथा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई जापान पठाउदै आएको इमेज सत्यतथ्य परामर्श तथा दक्ष भाषा प्रशिक्षक र अनुभवी परामर्शदाताका कारण विद्यार्थीहरुमाझ लोप्रप्रिय बन्न सफल भएको छ ।
चितवनको नारायणगढ स्थित शहिदचोकमा मुख्य कार्यालय रहेको इमेजका चनौली, मेघौली, माडी र गोरखाको हरमटारीमा शाखा कार्यालयहरु रुहेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे