२०८२ बैशाख ७, आईतबार
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
ललितपुरको महालक्ष्मी नगरपालिका-१ बस्ने ३६ वर्षीय अन्जली बिसुन्केलाई कार्यालयले पक्राउ गरेको हो। उनले फ्रान्कलिन पलको नाममा नक्कली टिकटक आइडी बनाएकी थिइन्।
उक्त नामको आइडीबाट साथी बनाएर आफू बेलायती नागरिक भएको र आफ्नी श्रीमतीको मृत्यु भइसकेको बताउँथिन्। नेपालमा आएर विवाह गरी बेलायतमा लैजाने भन्दै प्रलोभनमा पारेको एसपी राठौरले बताए।
चिनजानपछि +२२९५४०४३२०२ ह्वाटसएप नम्बरबाट पीडितसँग कुराकानी गरी आइफोन, सुनका गरगहना, जुत्ता, ७० हजार अमेरिकी डलर पठाएको भन्ने जानकारी दिएकी थिइन्। कुरियरले सम्पर्क गर्छ भनेर पीडितलाई विश्वासमा लिएको प्रहरीले जनाएको छ।
त्यसपछि एन्टी मनी लउन्डरिङ सर्टिफिकेट, भन्सार शुल्क, डेलिभरी चार्ज, इन्सुरेन्स चार्ज, क्लियरेन्स चार्ज लगायतका लागि रकम तिर्नुपर्छ भनेर पीडितबाट रकम लिइएको पनि अनुसन्धानबाट खुलेको छ। त्यसरी उनले पटकपटक गरी पीडितबाट १५ लाख २० हजार रुपैयाँ ठगी गरेको खुलेको हो। ठगिएको भन्दै पीडितले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो।
उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंमा पठाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे