२०८१ माघ १७, बिहिबार
कम्पनीले सर्वसाधारणका लागि फागुन १८ गतेदेखि २३ गतेसम्म आईपीओ विक्री गरेको थियो । सर्वसाधारणमा ८० हजार ९५० कित्ता शेयर विक्री गरिएको हो । यस आधारमा ९ हजार ९५ जना भाग्यमानी आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् ।
कम्पनीले जारी पूँजी ३ करोड रुपैयाँको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर सर्वसाधारणका लागि विक्री गर्न अनुमति पाएको थियो । कुल कित्ता शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरेको कम्पनीले १ हजार ५०० कित्ता शेयर कर्मचारीहरू तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ८० हजार ९५० कित्ता आईपीओ सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो ।
थप समाचार:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे