२०८१ मंसिर १२, बुधबार
जिल्लाको पर्यटन प्रवर्द्धन तथा स्थानीय क्षेत्रको आर्थिकस्तर वृद्धिमा टेवा पुर्याउनका लागि गैँडाकोटमा “होटल ताज महल एभरेष्ट” संचालनमा ल्याएको होटलका अध्यक्ष यमलाल सापकाेटाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो।
विगत ३४ वर्ष विदेशमा रहेर जागिर लगत्तै सफल व्यवसाय सञ्चालन गर्दै आउनुभएका यमलाल सापकोटाले स्वेदशम केही गर्ने उद्देश्यका साथ जापानबाट फर्किएसँगै गैँडाकोटमा नयाँ व्यस्थापनका साथ “होटल ताज महल एभरेष्ट” संचालनमा ल्याउनुभएको हो।
विगत १५ वर्ष भारतमा तथा १९ वर्षसम्म जापानमा बसेर व्यवसाय सञ्चालन गर्दै आउनुभएका सापकोटाले जापानमा रहेर सिकेको सीपलाई नेपालमा नै उपयोग गर्ने सोच बनाएर यहाँ रहेको पुरानी धौलागिरी फिल्म हल भएको स्थानमा रहेको होटल मुन स्टारलाई नया व्यवस्थापनमा होटल ताज महल एभरेष्टको नाममा सञ्चालन गरेका पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।
पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको होटलमा पर्याप्त पार्किङको सुविधा रहेको छ । होटलमा विवाह तथा विभिन्न पार्टी र सभा सेमिनार गर्नका लागि एक हजार जना बढ़ क्षमताको एसी हलसहितको व्यवस्था रहेको छ।
नारायणी नदीको सुन्दर दृश्यावलोकनसहित स्वच्छ, सफा तथा पारिवारिक वातावरणमा खाना खान पाइने सुविधा छ । यहाँ जन्मदिन मनाउन तथा बैठक बस्न मिल्ने २० जनाभन्दा बढी क्षमताको एसी सहितको हलसमेत रहेको अवगत गराउँदै स्वच्छ तथा पारीवारिक वातावरणमा बसेर तन्दुरी, चाइनिज, कन्टिनेन्टल र टिपिकल नेपाली खानाको स्वाद लिन सकिने उहाँले बताउनुभयो।
रेस्टुरेन्टमा एकैपटक ६० जनासम्मलाई खाना खुवाउन सक्ने क्षमता रहेको छ । होटलमा बास वस्नका लागि २२ वटा एट्याच बाथरुमसहितका डिलक्स तथा एसीसहितका रुमहरु रहेका छन्। होटलमा अझै विशिष्टिकृत सेवा दिनका लागि तारे होटलको कोठाको स्तरको १८ वटा कोठा थप गर्ने तयारीमा रहेको सापकोटा बताउनुहुन्छ।
जापानमा १३ वटा चेन रेष्टुरेन्ट सञ्चालनमा ल्याएका सफल व्यवसायी सापकाेटाको नेपालमा पहिलो व्यवसायको रुपमा “होटल ताज महल एभरेष्ट” सञ्चालनमा आएको हो। जापानकै कम्पनीसंग टाइअप गरेर व्यवसाय सञ्चालनमा ल्याएका हौं ।
हामीले यहाँ ११ करोड रुपैँया लगानी गरिसकेका छौं । होटलमा विभिन्न सेवा सुविधा थप गर्ने क्रममा रहेकाले थप दुई करोड रुपैया लगानी गर्ने तयारी भइरहेको छ । विमानस्थलबाट होटलसम्म आउने तथा होटलबाट जानका लागि साथै देशभर जानका लागि साना ठूला गाडीका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकटको काम समेत होटलबाट हुनेछ उहाँले भन्नुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे