२०८१ कार्तिक २१, बुधबार
मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ८ हजार बढीको राजपत्रमा नामावली प्रकाशित भएको गृह मन्त्रालयले जनाएको छ । गत फागुन १५ गते बसेको मन्त्रिपरिषद् बैठकले माओवादी सशस्त्र युद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका शहीदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो ।
सरकारले यसअघि पनि बेलाबेलामा हचुवामा नै शहीद घोषणा गर्दै आएकाले शहीदको ठ्याक्कै संख्या कति हो भन्नेमा नै सरकारी अधिकारीहरू अन्योलमा छन् । गृहमन्त्रालयका एक अधिकारीले शहीदजस्तो महत्वपूर्ण विषयलाई राजनीतिक दलले सामान्य र हल्का बनाउनु गलत रहेको बताए । ‘शहीद घोषणा गर्दा निश्चित मापदण्ड बनाएर देश र जनताका लागि कुर्वानी गरेको व्यक्तिलाई बनाउनुपर्ने हो तर हामीकहाँ त शहीद पनि हचुवा र सोर्सफोर्सका आधारमा बनाइने अचम्मको प्रवृत्तिको विकास भएको छ, सम्भवतः विश्वमा यस्तो कहीँ पनि छैन होला’ –गृहका एक अधिकारीले भने ।
१९९७ मा राणाहरूले फाँसी दिएका चार जनालाई विभुतिको रूपमा स्मरण गर्दै शहीदको रूपमा सम्मान गरिएको थियो । गृह मन्त्रालयका अनुसार १९९७ मा ४ जना तथा जनआन्दोलन २०६२्६३ को जनआन्दोलनमा मारिएका २५ जनासहित अन्य शहीदहरू गरी ६८ जना र तराई मधेश, थरूहट आन्दोलनको क्रममा मारिएका ४१ सर्वसाधारण र ११ सुरक्षाकर्मीसहित ५२ जनालाई शहीद घोषणा गरिएको थियो । त्यस यता पनि विभिन्न घटनामा मारिएकालाई पनि विभिन्न उपाधि दिएर शहीद घोषणा गरिँदै आइएको छ
शहीद घोषणाको प्रस्ताव गर्ने प्रमुख निकाय भनेकै गृह मन्त्रालय हो । गृह मन्त्रालयकै प्रस्तावमा सरकारले विभिन्न व्यक्तिहरूलाई शहीद घोषणा गर्ने गरेको छ । तर, गृह मन्त्रालयस“ग कस्ता व्यक्ति र कस्तो घटनामा मारिएका व्यक्तिलाई शहीद घोषणा गर्ने भन्ने मापदण्ड नै नरहेको ती अधिकारीले बताउनुभयो ।
गृह मन्त्रालयका अधिकारीहरूका अनुसार सरकारले स्पष्ट मापदण्डको आधारमा भन्दा पनि पछिल्ला समयमा हचुवा र हावाको भरमा शहीद घोषणा गर्ने काम गरिरहेको छ । शहीदको परिभाषाअनुसार पछिल्ला समयमा शहीद घोषणा गरिएका कैयांै व्यक्तिहरू शहीद भित्रै नपर्ने तर्क उनीहरूको छ । नेपाल समाचारपत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे