२०८१ मंसिर ७, शुक्रबार
उक्त सम्पन्न निर्वाचनमा सभापतिमा नेविसंघका सुदिप चापागाईं, सचिवमा कुमार सिंजाली मगर, कोषाध्यक्ष वर्षा खरेल निर्वाचित हुन सफल भएका छन् ।
निर्वाचित चापागाईंले २ सय २९ मत ल्याउँदा उनका प्रतिस्पर्धी अनेरास्ववियुका गौरव अधिकारीले जम्मा ३९ मत ल्याएका छन् । कुमारवर्ती बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल सहित चुनावी मैदानमा उत्रिएका थिए।
सचिवमा नेविसंघका कुमार सिंजाली मगरले २ सय १७ मत, प्रतिद्वन्द्वी अनेरास्ववियुका सृजना पौडेलले ४९ मत, कोषाध्यक्षमा नेविसंघका वर्षा खरेलले २ सय १२ मत ल्याएर विजयी भएका छन्। कोषाध्यक्षमा प्रतिद्धन्दी अनेरास्ववियुका सलिना भण्डारी जम्मा ४५ मत ल्याएर पराजित भएकी छन् ।
खुला सदस्यहरुमा सृजना श्रेष्ठ , कृष्ण रिजाल र लोकमाया दर्लामी मगर निर्वाचित भएका छन् । समानुपातिकतर्फ सदस्यमा नेविसंघकै पवन भुर्तेल , रेखा बस्याल , प्रतीक भुसाल , सीता न्यौपाने र सुशील महतो निर्वाचित भए।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे