२०८१ मंसिर ९, आईतबार
दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकबाट उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएर पुस २६ गते विश्वासको मत लिनु भएका दाहालले ३ महिनाभित्रै दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।
प्रधानमन्त्री बनाउन समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरुले समर्थन फिर्ता लिएका कारण उहाँ पुनः विश्वासको मत लिन बाध्य हुनुभएको हो । दाहाललाई एमाले र (राप्रपा) बाहेक प्रतिनिधि सभामा रहेका अरु सबै दलले समर्थन गर्ने समभावना रहेको छ ।
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी (लोसपा), नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा (राजमो), प्रभु साह नेतृत्वको आम जनता पार्टी र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी गरी कुल १० दलले गत शनिबार नै दाहाललाई समर्थन गर्ने निर्णय गरिसकेका छन् ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीेले पनि दाहाललाई समर्थन गर्ने निर्णय गरेको छ । २ सय ७५ सदस्यीय संसदबाट विश्वासकाे मत पाउन प्रधानमन्त्री दाहाललाई १ सय ३८ मतकाे आवश्यकता पर्छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे