२०८१ कार्तिक २१, बुधबार
काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
सोमबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
सोमबार दिउँसो भने देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। त्यस्तै, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम र बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक-हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सोमबार राति भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ। त्यस्तै, देशको पहाडी र तराईका भू-भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक-हल्कादेखि मध्यम वर्षाको सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे