२०८१ मंसिर १२, बुधबार
वन डढेलो व्यवस्थापन गरि वन डढेलोबाट हुने जन, धन र क्षति न्यूनीकरण गर्नका लागि चैत्र १ गतेदेखि ७ गतेसम्म बिभिन्न कार्यक्रम गरि “वन डढेलो सचेतना सप्ताह” कार्यक्रम सम्पन्न गरिएको डिभिज वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले नवलपुर अनलाइनलाई बताउनुभयो।
चैत्र १ गतेदेखिनै सुरू भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत राजमार्ग सडक तथा भित्री सडक छेउछाउको पातपतिङ्गर हटाउने, होर्डिङ्ग बोर्ड टाँस्ने, फायरलाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिङ्गरहरू हटाउने तथा जलाउने र र्याली लगायतका कार्यहरू सम्पन्न गरिएको छ।
साथै बिभिन्न सव डिभिजन कार्यालय लगायत सामुदायिक वन र वाल क्लवहरूलाई समावेश गरि वन डढेलो नियन्त्रणका लागि संजालहरू समेत गठन गरिएको छ।
कार्यालयले पछिल्लो एक हप्तामा जिल्लाका समुदायहरू, वन कर्मचारी तथा सरोकारवाला निकायहरूसँग अन्तर्कृया गर्दै वन डढेलो नियन्त्रणका लागि बिभिन्न सचेतनामूलक कार्यहरू सम्पन्न गरेको खनालले जानकारी दिनुभयो।
मानिसहरूमा सचेतनाको स्तर बृद्धि भएको कारण पछिल्ला बर्षहरूमा वन डढेलोका घटनाहरूमा नियन्त्रण आएको उहाँ बताउनुहुन्छ।
महेन्द्र राजमार्गबाट उत्तरतर्फको वनमा १० देखि १२ को संख्यामा पाटेबाघ बासस्थान बनाई स्थायी रूपमै बसोबास रहेको छ। उक्त क्षेत्रमा काठदाउरा तथा घाँसपात लिन जाँदा उच्च सुरक्षा अपनाउन र एक्लै जंगलमा नजान खनालले स्थानीय बासीहरूमा आग्रह गर्नुभयो।
समुदायको स्तर बृद्धि गर्नका लागि सामुदायिक वनको महत्वपूर्ण योग्दान रहेको छ। आर्थिक क्षमताको आधारमा सबैजसो सामुदायिक वनले १ जना देखि ७ जनासम्म बन हेरालु समेत राखेर नियमित रूपमा वनको निगरानी बढाएको खनालले बताउनुभयो।
हाल अहिले चितवन जिल्लामा ९३ सामुदायिक वन, ४३१ कवुलियती वन रहेका छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे