२०८१ मंसिर १२, बुधबार
नेपाली खानाको परिकारहरू लोप हुँदै गईरहेको अवस्थामा चौरासी ब्यञ्जन परिकारका माध्यमबाट नेपाली खानाको प्रर्बद्धन गर्दै आन्तरिक पर्यटनलाई समेत प्रोत्साहन गर्न हरेक हप्ताको सोमबार “८४ ब्यञ्जन रात्रीभोज” प्याकेज सुरुवात गरिएको रिसोर्टमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
ऋषिमुनीहरुको पालादेखि चल्दै आएको ८४ ब्यञ्जनलाई परिवर्तित रुपमा ग्राहकहरुको स्वाद अनुसार युवा पुस्तालाई समेत जानकारी गराउने उद्देश्यले अगाडी सारिएको रिसार्टका प्रबन्ध निर्देशक मदन घिमिरेले बताउनुभयो ।
८४ ब्यञ्जनमा शाकाहारी तथा मांसाहारी दुवै प्रकारका परिकारहरु समावेश छन्। जसमा स्न्याक्स, सुप, मुख्य खाना तथा मिठाई सहित विभिन्न परिकारहरु रहेका छन् ।
८४ व्यञ्जनमा ९ प्रकारका सलाद, १३ प्रकारका अचार तथा पापड, ८ प्रकारका फलफुल,८ प्रकारका ड्राई नट्स, १७ प्रकारका खाना, २ प्रकारका सुप, ८ प्रकारका खाजा, ६ प्रकारका मिठाई,एउटा पेय पदार्थ तथा १२ प्रकारका अनय परिकारहरु ८४ ब्यञ्जनको प्याकेजमा प्राप्त गर्न सकिने सीएमटीका म्यानेर बोधराज बस्यालले जानकारी गराउनुभयो। प्याकेजमा सहभागी हुनका लागि प्रतिव्यक्ति १३ सय रुपैया शुल्क लाग्नेछ ।
यसका साथै २०८० को बैशाखदेखि हरेक हप्ताको शुक्रवार लाइभ म्युजिक र लाइभ फुडको साथमा पुल पार्टी गर्ने तयारी समेत रहेको घिमिरेले बताउनुभयो। ८४ व्यञ्जनको माध्यमबाट विद्यमान आर्थिक मन्दिका कारण मानिसहरूमा देखिएको नकारात्मक र एक्लोपनको समेत फेलोशिपको माध्यमबाट मनोरञ्जनात्मक गतिविधिमा सरिक हुँदै आर्थिक चलायमान हुने सिएमटीले विश्वास गरेको छ।
चौरासी व्यञ्जनका केही तस्बिरहरू:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे