२०८१ मंसिर १०, सोमबार
आइतबार कारोबारमा आएका २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता शेयर १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० बराबरको शेयर कारोबार भएको छ ।
नेप्सेका १३ उपसमूहमध्येसबै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक २.५८ प्रतिशत घटेको छ । त्यस्तै, लगानी, जलविद्युत, वित्त, विकास बैंक लघुवित्त र बैंकिङ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ । आइतबार नेप्से परिसूचकमा गिरावट आएपनि कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ६.१० प्रतिशत बढेको छ । तर यता स्वाभिमान लघुवित्तको शेयरमूल्य ९.६१ प्रतिशत घटेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे