२०८१ मंसिर २०, बिहिबार
६६ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिका प्रमुख दाहालले भरतपुरको ७ मुख्य गन्तव्यमा भरतपुर समावेश भएको जानकारी दिनुभयो ।
भरतपुरमा ३० वटा गन्तव्य मध्ये बखान सहकारीलाई मुख्य ७ मा समावेश गरी प्रर्वद्धन गरिएकाले यसको महत्वपूर्ण दुरगामी रहेको बताउनुभयो ।
बखान सहकारी भरतपुर महानगरपालिकाको लागि गर्वको विषय भएकाले यसको विकासमा महानगरपालिका प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।
‘भरतपुर भ्रमण वर्ष २०२४ मा देश विदेशबाट पर्यटकलाई निम्तो दिइएको छ’उहाँले भन्नुभयो,‘बखान सहकारीमा हजारौ सहकारी पर्यटकको आगमन हुनेछ साथै सहकारीकर्मीको लागि सिकाईको थलो बन्ने छ ।’
चितवन जिल्लाको शारदानगरमा नेपालकै पहिलो बखान बहुउद्देश्यीय सहकारी संस्था स्थापना भएको थियो । अहिले पनि दैनिक रुपमा सयौको संख्यामा सहकारी अभियान्ताहरु अवलोकन भ्रमणका लागि यहाँ आउने गर्दछन् ।
देशभरका सहकारीकर्मीको सिकाईको थलो बनाउने गरी बखान सहकारीलाई संग्रालयका रुपमा विकास गर्न भैतिक संरचनाहरु निर्माणधीन छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संग्रालयको शिलान्यास गर्नुभएको थियो ।संग्रालय निर्माणका लागि नेपाल सरकारबाट रु १० करोड रुपैयाँ विनियोजन भएको थियो । ।नेपालको पहिलो सहकारी बखान सहकारीको स्थापना दिवसको अवसरमा देशभरका सहकारीहरुले यसै दिनलाई दिवसका रुपमा मनाउदै आईरहेका छन् ।
बखान सहकारीको स्थापनापछि नेपालमा सहकारी खुल्ने क्रम सुरु भएको थियो । हाल भरतपुरमा मात्र ३ सय वटा सहकारी छन् भने नेपालभर ३२ हजार सहकारी रहेको तथ्याङक रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे