२०८२ बैशाख ६, शनिबार
समर सिंहमाथि आकांक्षालाई आत्महत्या गर्न उक्साएको आरोप लागेको छ । भारतीय प्रहरीले उनी माथी आत्महत्या दुरुत्साहनको बिषयमा सोधपुछ गर्नेछ ।
समर सिंहलाई वाराणसी आयुक्तालयको अपराध शाखाले गाजियाबादबाट पक्राउ गरेको हो । प्रहरीले लामो समयदेखि समर सिंहको खोजी गरिरहेको थियो । अब समर सिंहलाई अदालतमा पेश गरी ट्रान्जिट रिमाण्डमा वाराणसी ल्याउने तयारी भइरहेको छ । यस घटनाका दोस्रो अभियुक्त सञ्जय सिंह अझै पक्राउ परेका छैनन्, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
आकांक्षा गत आइतबार उत्तर प्रदेशको सारनाथस्थित एक होटलको कोठामा मृत फेला परेकी थिइन् । मोडलबाट अभिनयको दुनियाँमा आएकी भोजपुरी नायिकाले आत्महत्या गरेको बिषयमा प्रहरीले थप आशंका गरेको छ तर अहिलेसम्म कुनै सुसाइड नोट फेला परेको छैन ।
आकांक्षाले ‘कसम पैदा करने वाले की २, मुझसे शादी करोगी (भोजपुरी( र वीरों के वीर जस्ता धेरै क्षेत्रीय फिल्महरूमा काम गरेकी थिइन । उनले भोजपुरी म्युजिक भिडियो र फिल्ममा पनि काम गरेकी थिइन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे