२०८१ मंसिर ८, शनिबार
केबलकारको बटम स्टेशनबाट गैँडाकोट नगरपालिका वडा नं. ६ निवासी सय वर्षीया बृद्धा सरस्वती कंडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रुपमा यात्रा गर्नुभएको माैलाकाली केबलकार ब्यवस्थापन विभागका प्रमुख अभिशेख बिक्रम शाहले बताए।
त्यसैगरी मौलाकाली केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा तलका बच्चाबच्चीहरुको लागि निःशुल्क सेवा दिने जनाएको छ । मौलाकाली केबलकारको टिकट काट्नका लागि मोबाइलमा आईएमइ पे डाउनलोड गरि सोही एप मार्फत टिकट काट्न सकिने कम्पनिले जनाएको छ।
उद्घाटनको अवसर पारेर केबलकारले दुइतर्फी मूल्य (आउन र जान) रु ५५० कायम गरिएको शाहले बताउनुभयाे । केबलकारले ३ देखि ४ फिटसम्मका बच्चाबच्चीहरुको लागि रु ३३०, विद्यार्थीहरुको लागि रु ४१५ जेष्ठ नागरिकहरुको लागि रु ४१५ र फरक क्षमता भएकाहरुको (अपाङ्ग) का लागि रु २७५ को टिकट दर रहेको छ ।
नयाँवर्षको अवसरमा आजैदेखि सञ्चालनमा आएको केबलकारमा यात्रा गर्नका लागि विहानैदेखि यात्रुहरुको भिड लागेको छ । आज विहान ६ वजेदेखि केबलकार सञ्चालनमा आएको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे