२०८१ मंसिर ७, शुक्रबार
काठमाडौं । सरकारले यही वैशाख ६ र ७ गते बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ।
६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे । आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।
सरकारले प्रत्येक वर्ष बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ । कोरोना संक्रमण बढ्दै गएको छ । जसका कारण भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्क प्रयोग गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे