२०८१ चैत्र १९, मंगलबार
निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ को खण्ड (छ) मा राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने व्यवस्था रहेको छ।
यो व्यवस्था नेपालको भौगोलिक जटिलता रहेका तथा विकट स्थानमा समेत राजनीतिक दलले आफ्नो निर्वाचन प्रचारप्रसार गर्न पाँउन भन्ने उद्देश्यले राखिएको हो । निकट भविष्यमा उपनिर्वाचन हुन गइरहेका उल्लेखित जिल्लाहरुमा निर्वाचन आचारसंहिता बमोजिम हेलिकप्टर प्रयोग नगरी प्रचारप्रसार गर्न सकिने अवधि पर्याप्त रहेको साथै उक्त जिल्लाहरुमा यातायातको सहज पहुँच समेत रहेको छ ।
यसरी यातायातको सहज पहुँच रहेका स्थानमा राजनीतिक दलका नेता तथा उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसारको लागि हेलिकप्टर प्रयोग गर्नु मितव्ययिताको सिद्धान्त समेतको प्रतिकूल हुन जाने भएकोले संवत् २०९० साल बैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार, दलका नेता तथा कुनै पनि प्रचारकले हेलिकप्टर सेवा प्रयोग नगर्नुहुन सूचित गरिन्छ ।
साथै, निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयका लागि सरकारी निकाय तथा निजी हेलिकप्टर सेवा प्रदायकलाई आयोगको सहमति बिना निर्वाचन प्रचारप्रसारको कार्यमा हेलिकप्टर सेवा उपलब्ध नगराउन यसै विज्ञप्तिमार्फत जानकारी गराईन्छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे