२०८२ बैशाख ७, आईतबार
बुधबार नेप्से सुचकको १६७ कम्पनीमा वृद्धि भएको छ । ४१ कम्पनीमा ओरालो लागेको छ भने १२ कम्पनी स्थिर रहेको छ ।
यसअघि मंगलबार नेप्से सूचक ३ अंकले घटेर १९०४ विन्दुमा रोकिएको थियो । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता सेयर खरिद बिक्री हुँदा ८७ करोड २१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा स्वाबलम्बन लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा छ। यसको ८ करोड ८३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै नविल बैंक र एनआइसि एसियाको ३ करोडभन्दा बढीको कारोबार भएको छ। १३ उपसूचकहरु मध्ये म्युचुअल फण्ड बाहेक सबै उपसुचकहरूमा उकालो लागेको छ ।
बुधबारको कारोबारमा कालिनचोक दर्शन, मोलुङ हाइड्रो पावर र गुरास लघुवित्त वित्तीय संस्थाको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे