२०८१ मंसिर ८, शनिबार
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले बिहान १० बजे केबलकार उद्घाटन गर्ने कार्यक्रम छ।
नयाँ वर्षको अवसर पारेर वैशाख १ गते नै सञ्चालनमा आएको केबलकारको औपचारिक उद्घाटन भने भएको थिएन।
यो केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ। यहाँ कुल १४ डब्बा छन्। एउटा डब्बामा एकपटकमा आठ जना यात्रु बस्न मिल्छ। फेदीबाट केबलकार चढेपछि पाँच मिनेटमा मन्दिर नजिकैको स्टेसनमा पुगिन्छ। त्यहाँबाट करिब ५ मिनेट हिँडेपछि मौलाकालिका मन्दिर पुगिन्छ।
केबलकारमा दुइतर्फी मूल्य (आउन र जान) रु ५५० कायम गरिएको छ । केबलकारले ३ देखि ४ फिटसम्मका बच्चाबच्चीहरुको लागि रु ३३०, विद्यार्थीहरुको लागि रु ४१५ ज्येष्ठ नागरिकहरुको लागि रु ४१५ र फरक क्षमता भएकाहरुको (अपाङ्ग) लागि रु २७५ को टिकट दर रहेको छ । केवलकारले सार्वजनिक गरेको यो टिकटको मूल्य केहिसमयका लागि मात्रै हो ।
मौलाकाली केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा तलका बच्चाबच्चीहरुको लागि निःशुल्क सेवा दिने जनाएको छ । मौलाकाली केबलकारको टिकट प्राप्त गर्नका लागि सर्वसाधारण यात्रुहरुले मोबाइल एप्लीकेशनमा आईएमइ पे डाउनलोड गरि सोहि एप मार्फत टिकट काट्न सक्नेछन् भने केबलकारको कार्यालय तथा आइएमई पेका आधिकारिक एजेन्टहरु मार्फत समेत टिकट प्राप्त गर्नसक्नेछन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे