२०८२ बैशाख ६, शनिबार
८८४८ इन्टरटेनमेन्ट प्रा.लि को ब्यानर, गोकुल सुबेदिको प्रस्तुतीमा बन्न लागेको चलचित्रको शुभ मुर्हत कार्यक्रम बैशाख २० गते बुधबार भद्रकाली मन्दिरमा पुजा गरि सम्पन्न भएको छ।
राज चौधरी निर्माता रहने चलचित्रको लेखन निर्देशन नव निर्देशक देव धिमाल, मुख्य सहायक निर्देशक नवीन काफ्लेले गर्नेछ्न्।
चलचित्रमा नायक अर्जुन थापा, प्रियन्का श्रेष्ठ, स्वेच्छा ढकाल, अभिषेक फुँयाल, मुख्य भुमिकामा रहनेछन्।
रामचन्द्र अधिकारी, शारदा गिरि “काली बुढी”, सावित्रा चिलुवाल, राजकुमार शाह, कृष्ण प्रसाद धिताल, आइस सिङ घलान, भिमसेन खतिवडा, सनैया घिमिरे, लगायतको अभिनय रहने छ।
चलचित्रको आगामी जेष्ठ १५ गते बाट शुटिङ हुने निर्माण पक्षले बताएका छन्। ओएसआर डिजिटल चलचित्रको डिजिटल पार्टनर रहेको छ। शुभ मुर्हत कार्यक्रममा चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष, चलचित्र निर्माता राजकुमार राइको प्रमुख तिथिको रुपमा उपस्थित थिए। चलचित्र कलाकार संघका अध्यक्ष वरिष्ठ कलाकार मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनक दिप पराजुली, ओएसआर डिजिटलका प्रोप्राइटर ॐ प्रकाश अग्रवाल, कानुनबिद प्रतीक्षा पोखरेल, लायन्स क्लबका टंकनाथ पौडेल लगायत बिशिष्ट अतिथिहरुको उपस्थितिमा सम्मपन्न भएको कार्यक्रमलाइ पत्रकार एलिजा केसिले सन्चालन गरेकी थिइन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे