२०८२ बैशाख ६, शनिबार
चौधरी कानुन तथा लेखापढी व्यवसायी समिति चन्द्रौटाका अध्यक्ष हुन । मालपोत कार्यालय चन्द्रौटामा साबिक वीरपुर गाविस –९ मा रहेको मुकेश यादवको नाममा रहेको जग्गाको नक्कली राजिनामा बनाएपछि उनीहरु पक्राउ परेका हुन । जग्गाधनी यादवलाई जानकारीविना कृष्णनगर बस्ने रेखा लोहारलाई चार लाख रुपियाँमा जग्गा कारोबार भएको थियो ।
मालपोत कार्यालय जग्गाको मोठ भिडाएको नाटकगरी नक्कली राजिनामा तयार गरेका थिए । राजिनामा देखाउँदै जग्गा पास भएको र दुई दिनमा जग्गाधनीपूर्जा उपलब्ध गराउने बताएका थिए । चार दिन बित्दासम्म पूर्जा नपाएपछि लोहारले प्रहरीमा उजुरी दिनुभएको थियो । उजुरीको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मिन घलेले बताए । राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे