२०८१ माघ १७, बिहिबार
ipo
कम्पनीले वैशाख १३ देखि वैशाख १७ गतेसम्म सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो । कम्पनीले कर्मचारीलाई २९ हजार ८ सय ६३ कित्ता र सामुहिक लगानी कोष योजनाहरुलाई ७४ हजार ६ सय ५८ कित्ता सुरक्षित गरि सर्बसाधारणलाई १२ लाख ६८ हजार ६ सय ३९ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।
तोकिएको अवधिभित्र कुल १२ लाख ३ हजार ९९५ जना आवेदकबाट १ करोड २८ लाख ९५ हजार ४९० कित्ता शेयर खरीद माग भएको विक्री प्रबन्धकको भनाई छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमाबाट आईपीओ बाँडफाँट गरिएको हो ।
कुल आवेदनकहरूमध्ये ११ लाख ९९ हजार ६७ जनाको आवेदन योग्य भएको छ । योग्य आवेदकहरूमध्येबाट १ लाख २६ हजार ८६३ जना आवेदकले आईपीओ पाएका छन् । शेयर पाएका १ लाख २६ हजार ८६३ जना मध्ये ९ जनाले थप एक कित्ताका दरले ११ कित्ता शेयर पाएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे