२०८१ मंसिर ७, शुक्रबार
वुधबार दिउँसो परीक्षा दिइरहेकी पाल्पा रामपुर नगरपालिका-४ स्थायी घर भएकी २३ वर्षीया सिम्रन थापालाई कलेजका शिक्षकले चिट चोरेको भन्दै परीक्षा हलबाट निकालेका थिए ।
थापाले भरतपुर-१० मा रहेको भाडाको घरको कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी थिइन्।
कलेजले घटनाको निष्पक्ष छानबिनका लागि जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरेको र अनुसन्धानलाई सहजीकरण गर्न तथा विद्यार्थीहरुको मागलाई मध्यनजर गरेर दुई शिक्षकलाई निलम्वन गरेको जनाएको छ।
घटनाको विषयमा पीडित पक्ष, कलेज प्रशासनसँग बसेर सहमती भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए। घटना पछि परिवारजनले थापाको शव बुझेको जानकारी दिए ।
थप समाचार:
चितवन मेडिकल कलेजमा अध्ययनरत छात्रा मृत फेला, शिक्षकले तनाव दिएको आरोप
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे