२०८२ बैशाख ६, शनिबार
सुनसरी। अटोमेटिक पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
धरान उपमहानगरपालिका-१७ डाँडाघोपा बस्ने २९ वर्षीय हुकमेन जिमी र सोही उपमहानगरपालिका-१५ सहिद मार्ग बस्ने २४ वर्षीय रोहित राईलाई २ थान अटोमेटिक पेस्तोलसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय धरान र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले हुकमेन जिमीलाई उनकै घरमा लुकाई राखेको स्वचालित हतियार पेस्तोलका विभिन्न पार्टससहित फेला पारी पक्राउ गरेको थियो । थप सोधपुछको क्रममा उनले २ थान पेस्तोल खरिद गरी ल्याएकोमा १ थान आफूले राखेको र १ थान रोहित राईलाई दिएको भनि खुल्न आएपछि रोहित राईको घर तलासी गर्दा १ थान म्याग्जिन सहितको पेस्तोल फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे