२०८१ माघ १८, शुक्रबार
विक्री प्रबन्धकका अनुसार यस आईपीओ खरिदका लागि कुल २१ लाख ११ हजार ६४९ जनाले २ करोड ४३ लाख ५१ हजार ८८० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।
५ हजार १३३ जनाको ७४ हजार ८८० कित्ताका लागि आवेदन रद्द भएको छ । योग्य २१ लाख ६ हजार ५१६ आवेदकहरुलाई गोलाप्रथाको माध्यमबाट बाँडफाँटमा सहभागी गराईएको थियो । योग्य आवेदकहरुमध्यबाट पनि १८ लाख १९ हजार १६ जनाको हात खाली भएको छ ।
कम्पनीले चैत ८ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले सार्वजनिक निष्कासन मार्फत विक्री गरेको २८ लाख ७५ हजार कित्ता शेयर बाँडफाँट गरेको हो । कम्पनीले सर्वसाधारणका कुल ३१ लाख २५ हजार कित्ता शेयर छुट्याएको हो । कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानीकोषहरुका लागि बाँडफाँट गरिसकेको छ भने ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।
सम्बन्धित समाचार:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे