२०८१ मंसिर ९, आईतबार
आवश्यक निर्वाचन सामग्रीसहित जिल्लाका सबै ११३ मतदानस्थलका २९९ मतदान केन्द्रका लागि मतदान अधिकृत र त्यत्तिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटाउन लागिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश अर्जुन अधिकारीले नवलपुर अनलाइनलाई जानकारी गराउनुभयो।
५०० मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र ५०० भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा दुई सहायक कर्मचारी खटाउन लागिएको हो।
सबै मतदान केन्द्रमा एक कार्यालय सहयोगी र ३ जना स्वयंसेवक समेत परिचालन गर्न पाईने छ। मतदान अधिकृतको लागि २९९ मतदान केन्द्रमा ३ जनाको दरले ८९७ स्वंयसेवक परिचालन गर्ने अधिकार दिईएको छ।
२९९ मतदानकेन्द्र रहेको नवलपुरमा ५०० भन्दा थोरै मतदाता भएका २ वटा केन्द्र रहेका छन्। मध्यविन्दु नगरपालिकाको वडा ४ र १३ मा क्रमश ४४८ र ३७१ मतदाता रहेका छन्। ५०० भन्दा थोरै मतदाता भएको केन्द्रमा ४ जना कर्मचारी परिचालन हुनेछन् भने ५०० भन्दा माथी मतदाता भएको केन्द्रमा ५ जना कर्मचारी परिचालन गर्न लागिएको हो।
२९९ मतदान केन्द्रका लागि ५९८ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएको छ। साथै २० जना मतदान अधिकृत जगेडामा राखिएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले नवलपुर अनलाइनलाई जानकारी गराउनुभयो। २० जना जगेडा मतदान अधिकृतलाई तालिम दिएर राखिने र आवश्यक परेको ठाउँमा तत्कालै परिचालन गरिनेछ। निर्वाचनमा खटिनेहरूमा निजामती कर्मचारी, सरकारी स्वामित्वका संस्थानका कर्मचारी र मावि तहका शिक्षकहरू रहेका छन्। मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि १ दिने तालिम आज र भोलि गरि दुई चरणमा कावासोतीमा संचालन हुँदैछ।
सम्बन्धित समाचार:
नवलपुरमा स्थानीय तह निर्वाचनका लागि १५०० कर्मचारी, ९०० स्वयंसेवक परिचालन गरिने
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे