२०८१ मंसिर ८, शनिबार
मंगलबार राती अदालत प्रवेश गरि एक नम्बर इजलास कक्षको ढोका तथा छ नम्बर इजलास कक्षमा भित्र रहेको दराज फुटाइएको घटनामा संलग्न रहेको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ पर्नेमा पोखरा म.न.पा. वडा न १५ टुटुङ्गा बस्ने वर्ष २७ को अर्जुन परियार (दावा) रहेका छन्।
प्रहरीले उनलाई हिजो पक्राउ गरी कास्की जिल्ला अदालतबाट नकबजनी चोरी उद्योग र आपराधीक अभद्र मुद्दामा म्याद थप गरि कारबाही प्रकृया अगाडी बढाइएको छ।
निज विगतमा लामो समयदेखि बिभिन्न घटना र मुद्दामा समेत संलग्न रहेको अभिलेखबाट खुल्न आएको । निज व्यक्ति हालसम्म यी बिभिन्न मुद्दामा संलग्न रहेको प्रहरीले जनाएको छ।
• मिति २०७३।०२।०६ गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा अभद्र ब्यवहार मुद्दा ।
• मिति २०७३।०५।१५ गते वडा प्रहरी कार्यालय, रामबजारमा अभद्र ब्यबहार मुद्दा ।
• मिति २०७३।०६।३० गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा चोरी मुद्दा ।
• मिति २०७४।०७।२१ गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा लागु औषध मुद्दा ।
• मिति २०७४।१०।१७ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा अभद्र व्यवहार मुद्दा ।
• मिति २०७५।०३।२५ गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा लागु औषध मुद्दा ।
• मिति २०७६।०८।०२ गते वडा प्रहरी कार्यालय, बैदाम कास्कीमा अभद्र व्यवहार मुद्दा ।
• मिति २०७६।१२।०९ गते वडा प्रहरी कार्यालय, बैदाम कास्कीमा लागू औषध कसुरमा कारागारबाट २०७८।११।२३ गते थुना मुक्त भएको ।
सम्बन्धित समाचार:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे