२०८१ मंसिर ६, बिहिबार
बिहान ११ बजेदेखि सुरू भएको नमुना मतदान कार्यक्रम १२:३० मा सम्पन्न भएको थियो। नमुना मतदान कार्यक्रममा कूल ६६ मत खसेको छ। जसमा ५० पुरूष र १६ महिला रहेको निर्वाचन अधिकृत दीपशिखा मुनाकमीले नवलपुर अनलाइनलाई जानकारी गराउनुभयो।
कूल खसेको ६६ मतमा ६२ सदर मत रहेको छ भने ४ बदर मतको संख्या रहेको छ।
मतदान गर्ने तरिका सिकाउने तथा बदर मत कम गर्ने उद्देश्यले नमुना मतदानको अभ्यास गरिएको मुनामकी बताउनुहुन्छ। सबैको उत्साहजनक उपस्थितिमा नमुना मतदान सम्पन्न भएको छ। कूल ६६ मतदाताले मतदान गरेपनि मतगणना र नतिजा घोषणासम्म बाक्लो उपस्थिति रहेको थियो।
उपस्थित अधिकांश व्यक्तिहरूले बैशाख ३० गते हुने निर्वाचन कार्यक्रममा नमुना मतदान कार्यक्रमले एकदमै सहयोग पुग्ने बताएका थिए।
नमुना मतदान कार्यक्रममा निर्वाचन अधिकृतको कार्यालयमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको थियो।
सम्बन्धित समाचार:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे