२०८१ मंसिर ९, आईतबार
*श्रीधर लामिछाने
रसिया र युक्रेन वीचको युद्ध शुरु भएको ३ महिना नाघ्यो। धनजनको क्षति हुने क्रम बढिरहेको छ। रसिया लाई साइजमा ल्याउने उपाय स्वरूप पश्चिमा समुदायले रूसलाई हरेक कुरामा प्रतिबन्ध लगाइरहेको छ।त्यसैको प्रभावले विश्व बजारमा पेट्रोलियम पदार्थको भाउ आकासिएको छ। हुने देशको त तुजुक नै ठुलो छ। उनीहरुको भण्डारण अथवा आफ्नै स्रोत परिचालन गरि धनी र ठुला देशले आफ्नो देश र जनतालाई प्रभाव पर्न बाट जोगाउन सक्छन। तर मारमा हाम्रो जस्तो गरिब मुलुक जसको पेट्रोलियम पदार्थको त कुरै छोडौं खाद्यान्नमा समेत पर निर्भर हुदै जानुपरेको छ। न त शासकहरु संग कुनै प्रष्ट रणनीति छ, न त जनताको तहमा नै जोगिन सक्ने उपाय छ।यस्तो परिस्थितिमा सरकारले अविलम्व कहाँ कहाँ कुन कुन बालि एक वर्षमै धेरै पटक लगाउन सकिन्छ। अर्थात् छिटै खान लायक हुन्छ? कुन कुन खाद्यान्न उत्पादनमा मा जोड दिनु पर्ने छ? भन्ने बारेमा त्यसको लागि राज्य लगायत सम्बन्धित निकाय को भूमिका के के हुनु पर्ने भन्ने बारेमा कानमा तेल हालेर बसेको अवस्था छ। हाम्रो शासकले थाहा पाएको छ भने केवल हात पसार्ने कुरा मात्र थाहा छ। कुनै कुरामा कहिल्यै पनि आत्म निर्भरताको कुनै रणनीति छैन र देखिँदैन्।
छैन भनौ भने हामी संग धेरै जान्ने सुन्ने अनुभवी भनेर आफुलाई दावी गर्ने बैज्ञानिक पनि नभएका होइनन्। कृषि मंत्रालय, कृषि तथा पशु स्वास्थ्य बिभाग, निर्देशनालयहरु, र मातहतका निकायहरू लगायत यसै विषयमा काम गर्ने कम्पनीहरु तथा संघसंस्था नभएका होईनन्। सबैको एउटै समस्या: बजेट छैन भन्ने गुनासो सिवाय अन्य उपलब्धी छैन्।
मेरो विचारमा त अहिले कृषि मन्त्रालयको पहलमा धेरै काम गर्नु पर्ने हो। अघिपछी भन्दा धेरै काम गरेर कसरी आम जनतालाई खाद्यान्न सुरक्षा दिने हो। भोकमरी बाट कसरि जोगाउन सकिन्छ, छलफल गरि उचित कार्यक्रम तय गरि सक्नुपर्ने हो। युवा समुदाय दिनानुदिन विदेशिएको अवस्था छ। गाउँघरमा खेत बारी बाँझो नै छन। छन् भने केवल बुढाबुढी र बालबालिका गाउँघरमा छन्। जो शहरमा वसाइ जान सक्दैनन् गाउँमै वस्न बाध्य छन्। उनलाई शहर भन्दा जीवनको एकाध समय बिताएको आफ्नै माटोको माया छ। आफ्नै हात पाखुरी खियाएको, खाईनखाई जोडेको सम्पत्तिको माया छ।
काम गरि खान सक्ने युवालाई समयानुकुल खेति गर्न सिकाउने, कृषि उपजको उचित मूल्य पाउन सक्ने अवस्था सिर्जना गर्ने र अबिलम्ब निम्नानुसार काम लाइ अघि बढाउनु जरूरि छ।
हाम्रो कृषि संग सरोकार राख्ने निकायहरु कृषि विकास कार्यालय, कृषि बिभाग, पशु स्वास्थ्य विभाग जस्ता निकाय संग कहाँ कति जमिन बाँझो छ ? त्यो जमिनको उपयोगिता कसरि बढाउने र कुन कुन ठाउँको जमिन मा सिचाई छ कहाँ छैन , कुन ठाउँको लागि के खेति गर्न योग्य छ भन्ने तथ्यांक अप टु डेट हुनुपर्छ।
त्यस्तो आँकडाले तुरुन्त गर्न सकिने खेति के के हो? भन्ने बारेमा बढावा दिनु पर्ने बेला हो। हामी संग वर्षको दुइ बाली धान लाग्ने जमिन पनि छ, वर्षको तिन पटक आलुखेती गर्न सकिने ठाउँ पनि छ। फेरी सबै खाले मौसम पनि हाम्रो देशको भागोलिक अवस्थाले उपलब्ध गराएको छ।
त्यसैले अहिले तत्कालै :
अविलम्व खाद्यान्न उत्पादन अभियान संचालन गर्न बिज्ञ व्यक्तिहरु र सम्बन्धित संस्थाहरुलाई सामेल गरेर खाद्यान्न उतपादन रणनीति तयार गर्ने। त्यसलाई आवश्यक स्रोत साधनको प्रत्याभूति गर्ने काम कृषि मन्त्रीको नेतृत्वमा गर्नुपर्छ।
आम कृषक र सम्बन्धित निकायलाई खाद्यान्न उत्पादन अभियानमा सहयोग गर्न अपिल गरौं। सरकारले उत्पादन बढाउने अभियान चलाउन स्थानीय निकाय लाइ परिचालन गर्नुपर्ने हो। सम्बन्धित कृषि विकास कार्यालयले आ-आफ्नो जिल्लामा हुने खेति बालि लगाउन त्यसको लागि आवश्यक कृषि सामग्री जुटाएर कृषकको इच्छा र क्षमता अनुसार खेति गर्न प्रोत्साहन गर्नु पर्छ ।
स्थानीय निकायले त्यस्ता अभियानमा सहभागी हुन चाहने कृषक लाइ हर सम्भव प्रोत्साहन गर्नुपर्छ।
उत्पादित कृषि उपजको उपयुक्त मूल्य पाउन सक्ने वातावरणको तयारी राज्यले गर्नु पर्छ। त्यसो भएमा राज्यले आफ्नो दायित्व पुरा गर्दै देशलाई खाद्यान्न संकट टार्न मद्दत पुग्नेछ।
कृषकहरु आफै पनि यति बेला आफुलाई पनि फाइदा हुने राज्यको खाद्यान्न संकट टार्न ठुलो भूमिका निर्वाह गर्न सक्छन्। त्यसको लागि सबै भन्दा विज्ञ त किसान स्वयम् हो। जसलाई यस्तो खेति गर्न इच्छा तर आवश्यक स्रोत र साधन छैन त्यस्तोमा स्थानीय निकाय मार्फत राज्य बाट सहयोग लिएर काम गर्न अभियान चलाउनु पर्छ।
कुनै किसानले आफुलाई मात्र पुग्ने कृषि उपज उत्पादन गर्दा राज्यले के के सहयोग कसरी दिन सक्छ त्यस बारे जानकारी दिनु पर्छ। जसले आफुलाई पुर्याएर बिक्रि गर्न सक्छ त्यस्ता कृषक लाइ राज्यले कसरि प्रोत्साहित गर्छ त्यस बारे अबिलम्ब रणनीति तयार गरि सो बारे आम कृषक र सम्बन्धित निकायलाई जानकारी गराउनु जरूरी छ।
बढी उत्पादन भएको उपज बिक्रि गर्दै राज्यले के के सुबिधा दिन दिन सक्छ त्यस बारे सबै लाई जानकारी दिनु जरुरि छ। त्यस्तो रणनीति ल्याए कृषकको मनले प्रफुल्लाताको साथ् काम गर्नेछ र यो खाद्यान्न उत्पादन अभियान सफल हुनेछ ।
खाद्यान्न खरिदमै हाम्रो मुद्रा बाहिरिने क्रम घट्ने मात्र हैन त्यसमा परनिर्भरता पनि घट्नेछ ।
हाल अष्ट्रेलिया
लेखकबाट थप:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे