२०८१ मंसिर ७, शुक्रबार
महोत्सव हेर्न आउनेहरूका लागि सामान्य टिकटको ६० रुपैँया र विद्यार्थीहरूका लागि ३० रुपैँयाको टिकटको व्यवस्था गरिएको छ। टिकट काट्न लामो लाईनमा बस्नुपर्ने समस्यालाई मध्यनजर गर्दै यस बर्षदेखि उद्योग वाणिज्य संघको भवन नजिकै तथा बिभिन्न टिकट घरमा स्क्यान गरेर पनि मोवाईल बाट टिकट काट्न सकिने व्यवस्था मिलाईएको महोत्सव मूल आयोजक समिति संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले नवलपुर अनलाईनलाई बताउनुभयो।
स्क्यान गरेर टिकट लिनका लागि बिभिन्न टिकट घरहरूमा फ्री वाईफाईको समेत व्यवस्था रहेको छ। दर्शकहरूको सहजताका लागि महोत्सव परिसरमा वर्ल्डलिंकले फ्री वाईफाईको समेत व्यवस्थापन गरेको छ।
उद्योग वाणिज्य संघ चितवनको आयोजनामा संचालन भएको महोत्सवमा दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको छ। आज सार्बजनिक बिदा पनि भएकोले महोत्सव हेर्न आउनेहरूको संख्या उल्लेख्य रहने भएकोले उच्च सुरक्षा व्यवस्था मिलाईएको श्रेष्ठले बताउनुभयो।
सम्बन्धित समाचार
चितवन महोत्सव आजदेखि सुरु हुँदै, अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे