२०८१ मंसिर १०, सोमबार
भन्सार विभागले चैत २० गते ६६० जना भन्सार एजेन्टको परीक्षा सञ्चालन गर्ने अनुमति माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो।
आयोग वैशाख ७ गते निर्णय गर्दै निर्वाचन आचारसंहिता लागिसकेको अवस्थामा तत्काल परीक्षा सञ्चालन नगर्न भनेको हो ।
आयोगले स्थानीय तह निर्वाचन सम्पन्न भएपछि परीक्षा सञ्चालन गर्न समेत भन्सार विभागलाई निर्देशन दिएको छ।
आज बिहीबार बिहान आयोगले बिभागमा पत्र पठाएको हो।
आयोगले पठाएको पत्रमा स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ लागू भएकोमा स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्म परीक्षा सञ्चालन नगर्न भनिएको छ । यसअघि विभागले भन्सार एजेन्टको परीक्षा वैशाख १७ गते गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार:
भन्सार एजेन्टको परिक्षा स्थगित गर्न उच्च अदालत पाटनको अन्तरिम आदेश
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे